arrow

एकैदिन तोलाको २१ सय रुपैयाँले बढ्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रूपैयाँमा सुन कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार ६० रूपैयाँले महँगो भएको हो ।

सोमबार प्रतितोला १ हजार ८६० रूपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ