arrow

विद्यालयबाट नौ थान कम्प्युटर चोरी, पढाइ प्रभावित

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
computers.jpeg
राजविराज । सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरिया जनता माध्यमिक विद्यालयबाट नौ थान कम्प्युटर सेट सोमबार राति चोरी भएको छ । उक्त विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाधारअन्तर्गत कम्प्युटर विज्ञान विषयको अध्यापनका लागि जडान गरिएको कम्प्युटर चोरी भएको विद्यालयले जनाएको छ । 
 
करिब रु छ लाख मूल्य बराबरको कम्प्युटरसहितका सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवले जानकारी दिए । 
 
कक्षा ९ बाट कम्प्युटर विषयको डिप्लोमा स्तरको पढाइ सुरु गर्ने उद्देश्यले विद्यालयमा जडान गरिएको कम्युटरसहितका प्राविधिक सामान चोरी भएपछि पढाइ प्रभावित भएको छ । 
 
सप्तरीको फत्तेपुर, बरसाइन र खुरहुरीयासहित तीन ठाउँका सामुदायिक विद्यालयमा कम्प्युटरको पढाइ सञ्चालन हुँदै आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
 
जनता माध्यमिक विद्यालय खुरहरियामा कम्प्युटरको पढाइको लागि ४८ जना छात्रछात्रा अध्ययनरत रहेका छन् । 
 
यता, शिक्षा पाउने सम्पूर्ण बालबालिकाको अधिकार हो भने नाराका साथ सोमबार सप्तरीको लौनियाँ गाविसलाई पूर्ण शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ