सिप्रदी ट्रेडिङ र बोस्चबीच टाटा कमर्सियल गाडीहरूको फ्यूल सिस्टम मर्मत सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
495
Shares
काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र बोस्च लिमिटेडबीच टाटा कमर्सियल गाडीहरूमा जडान भएका बोस्च फ्यूल इन्जेक्सन पम्प (एफआईपी) मर्मत तथा सम्भारका लागि सम्झौता सम्पन्न भएको छ।
यो सम्झौताले टाटा गाडीका ग्राहकलाई उच्च गुणस्तरको सेवा, न्यूनतम लागत, र निश्चित मूल्यको फाइदा उपलब्ध गराउने उद्देश्यलाई सशक्त बनाएको सिप्रदी ट्रेडिङले जनाएको छ।
सम्झौताअनुसार अब ग्राहकले सिप्रदीका सर्भिस सेन्टरमार्फत एफआईपी मर्मत गर्न सस्तो, छरितो, र विश्वसनीय सेवा पाउनेछन्। यस अवसरमा सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले भने, "सम्झौताले ग्राहकलाई गुणस्तरीय र किफायती सेवामा सहज पहुँच पुर्याउनेछ।"
त्यसैगरी, बोस्च इन्डियाका नेपाल प्रतिनिधि सन्दीप कामतले नक्कली पार्टपुर्जाका कारण विगतमा ग्राहकले भोग्दै आएका समस्याहरूलाई यो सहकार्यले अन्त्य गर्ने बताएका छन्। उनले भने, "अब सत्प्रतिशत बोस्चका जेन्युइन पार्टस प्रयोग गरी मर्मत सेवा प्रदान गरिनेछ, जसले ग्राहकलाई लामो समयसम्म टिकाउ र भरपर्दो सेवा उपलब्ध गराउनेछ।"
सिप्रदीले नेपालभरका आफ्ना सबै सर्भिस सेन्टरबाट यो सेवा उपलब्ध गराउने बताएको छ। एफआईपी मर्मत गराउँदा ग्राहकले निश्चित मूल्य तिरेर ६ महिनासम्मको वारेन्टी सुविधा प्राप्त गर्नेछन्।
सिप्रदी र बोस्चबीचको सहकार्यले नक्कली पार्टपुर्जाको प्रयोगबाट हुने समस्याको समाधान गर्दै टाटा गाडीका ग्राहकका लागि सेवा अझ सहज र विश्वसनीय बनाउनेमा दुवै पक्षले विश्वास व्यक्त गरेका छन्।