arrow

एकैदिन सुन तोलाको २२ सयले घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको  छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  । 

गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू दुई हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला रू एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू एक लाख ५० हजार आठ सयमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ  । शुक्रबार प्रतितोला रू एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रू एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ