arrow

सुनको मुल्य बढ्यो, चाँदी स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको सुनको मुल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । 

जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

उता चाँदीको मूल्य भने स्थिर छ । हिजो झैँ आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ