arrow

एमालेको हठले संसद अवरुद्ध गर्नु भनेको संकट निम्त्याउनु हो – यादव

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
raj_kishowr_yadav.jpeg
राजविराज । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रक्रिया अवरुद्ध गरेर एमालेले देशमा ठूलो सङ्कट ल्याउन खोजेको आरोप लगाएका छन् । 
 
सो पार्टीका सप्तरी शाखाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, – संविधान संशोधनका विषयमा संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र हो ।’ 
 
अध्यक्ष यादवले “यथास्थितिमा हामी संविधान स्वीकार गर्न नसक्ने र एमालेले परिवर्तन स्वीकार गर्न नसक्ने भएपछि मुलुक थप जटिलतातर्फ उन्मुख हुँदै गएको छ,” भन्दै एमालेको हठका कारण लामो समयसम्म संविधान संशोधन अवरुद्ध भए यसले मुलुकलाई आरजकतातर्फ डो¥याउने बताए । 
 
नेकपा (एमाले) जनभावनाविपरीत यथास्थिति र पश्चगमनको बाटोमा लागेको आरोप लगाउदै उनले पछिल्लो गतिविधिले एमालेले घोर दक्षिणपन्थीहरुको नेतृत्व गरिरहेको स्पष्ट हुन्छ भने । 
 
अध्यक्ष यादवले आदिवासी जनजाति, मधेसी, दलितलगायतका सिमान्तकृत समुदायको माग अब पनि सम्वोद्धन नभए मधेसी मोर्चा आन्दोलनमा जाने र आन्दोलनबाट नै अधिकार सुनिश्चितताको बाटो खोजिने स्पष्ट पारे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ