arrow

सुन तोलाको एक लाख ४९ हजारमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा बिहीबार घटेको छ । तोलामा १७ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । 

चाँदीको मूल्य पनि तोलाको ५५ रुपैयाँले घटेको छ । 

चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ