arrow

पहिचानवादीले वंश गद्दारको आरोप लगाउँदै अघोषित बहिस्कार गरेको सांसद लिम्बूको गुनासो

logo
रामकुमार परियार,  
प्रकाशित २०८१ पुष ५ शुक्रबार
manbahadur-limbu-koshi-cong.jpg

मोरङ । नेपाली कांग्रेस मोरङका नेता तथा कोशी प्रदेश सभा सदस्य मानबहादुर लिम्बूले पहिचानवादीहरुले आफूलाई ‘वंश गद्दार’ को आरोप लगाएको भन्दै गुनासो गरेका छन् ।

कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत शुक्रबार मोरङको पथरीमा आयोजित नगरस्तरीय कार्यक्रममा सम्बोधन गर्दै प्रदेश सभा सदस्य लिम्बूले पहिचानवादीहरुले आफूलाई ‘वंश गद्दार’ भन्दै अघोषित रूपमा बहिष्कार गरेको गुनासोसमेत गरे ।

कोशी प्रदेश नामाङ्कनको क्रममा आफूहरुलाई असहयोग गरेको भन्दै पहिचानवादीहरुले खस आर्य समुदायका सांसदहरूहरुलाई गद्दार र आदिवासी जनजाति सांसदहरूलाई वंश गद्दार घोषणा गरेको लिम्बूको भनाइ छ । 

नेपाली राष्ट्रिय गानको प्रसङ्ग निकाल्दै लिम्बूले नेपाल बहुजाति, भाषा, धर्म र संस्कृति रहेको मुलुक हुनाले सबैलाई समेट्ने गरि कोशी प्रदेशको नामकरण गरिएको बताए । 

उनले आफूहरु वंश गद्दार नरहेकोसमेत प्रष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ