arrow

रोल्पामा माग अनुसार उपलब्ध भएन टेलिकम सेवा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष १३ बुधबार
Nepal_Telecom.jpeg
लिबाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पाले जिल्लामा ग्राहकको माग अनुसार ल्याण्डलाइन फोन र एडीएस्एल् सेवा उपलब्ध गराउन सकिरहेको छैन । टेलिकम कार्यालय रोल्पाका प्रमुख कैलाश आचार्यका अनुसार लिबाङ एक्सचेन्ज मार्फत ३८० वटा ल्याण्ड लाइन फोन र १८५ वटा एडीएस्एल् सेवा वितरण भएको भएपनि लिबाङका लागि मात्र करिव १०० ल्याण्ड लाइन फोन र करिव ८० वटा एडीएस्एल् अझै अपुग भइरहेको छ । 
 
त्यसैगरी जिल्लाको दोश्रो ब्यापारिक केन्द्र सुलिचौर बजारमामा हालसम्म करिव १०५ ल्याण्डलाइनका ग्राहकले सेवा लिदै आएका छन् भने करिव ६० वटा एडीएस्एल्का ग्राहकहरुले सेवा लिदै आएको कार्यालकाले  जनाएको छ ।
 
कार्यालय प्रमुख आचार्यका अनुसार “सुलिचौर बजारका लागि ल्यान्डलाइन फोन उपलब्ध गराउन सकिने अवस्था छ तर सेवाग्राहीबाट माग भएको छैन तर एडीएस्एल् भने सुलिचौर बजारमा पनि माग हुँदै आएको छ । पोर्टहरु थप्न नसकिएका कारण एडीएस्एल् सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन”   उनले भने ।
 
यसरी सेवाग्राहीको मागलाई ध्यानमा राख्दै नेपाल टेलिकम रोल्पाले पटक पटक सम्वन्धीत निकायमा लिखित तथा मौखिक जानकारी गराउदै आएको भएपनि यसतर्फ सम्वन्धीत निकायको ध्यान जान नसकेको आचार्यको गुनासो छ । 
 
जिल्लामा ४९ गाविस र एक नगरपालिका रहेकोमा हाल सम्म लिबाङ नगरपालिका र मिझिङ गाविसको सुलिचौर बजारमा मात्र धेरथोर मात्रामा ल्याण्ड लाइन फोन र एडीएस्एल् सेवा उपलब्ध हुँदै आएको छ भने जिल्लाको अर्को ब्यापारिक केन्द्र घर्तीगाउँ बजारमा ल्याण्डलाईन फोन उपलब्ध गराउनका लागि आवश्यक पूर्वाधार निर्माणकार्य थालिएको कार्यालले जनाएको छ । 
 
यसैगरी जिल्लाका अन्य सेवाग्राहीहरुले नेपाल टेलिकम मार्फत सीडीएम्ए, वाइम्याक्स, थ्रीजी, आदिबाटबाट समेत नेट इन्टरनेट सेवा लिइरहेको कार्यालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ