मनमोहन सिंहको अन्तिम संस्कार हुँदै, राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदी निगमघाटमा जाने
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १३ शनिबार
1.4k
Shares
तस्बिर – प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन सिंहको सम्झनामा राखेको फाइल तस्बिर ।
नयाँदिल्ली । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको आज अन्तिम संस्कार आज हुँदैछ । भारतको गृह मन्त्रालयका अनुसार आज नयाँदिल्लीको निगमबोध घाटमा स्थानीय समयअनुसार बिहान ११ः ४५ बजे उनको अन्तिम संस्कार गरिने छ।
गृह मन्त्रालयले अन्तिम संस्कार कार्यक्रम सार्वजनिक गर्दै उक्त अन्तिम संस्कारमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी र धेरै मन्त्रीहरु अन्तिम संस्कारमा सहभागी हुन निगमबोध घाट पुग्ने छन् ।
कांग्रेस महासचिव केसी वेणुगोपालले शनिबार बिहान ९ः ३० बजे दिल्लीस्थित एआईसीसी (अखिल भारतीय कांग्रेस कमिटी) को मुख्यालयबाट निगमबोध घाटको लागि शबयात्रा शुरू हुने जानकारी दिए ।
उता पूर्वप्रधानमन्त्री सिंहको निधनमा राष्ट्रिय शोकका कारण शनिबार राष्ट्रपति भवनमा हुने गार्ड परिवर्तन कार्यक्रम हुने भएको छ । यो भारतको सैन्य परम्परा हो।
यसमा राष्ट्रपतिका अंगरक्षकको एउटा समूहले अर्को समूहबाट जिम्मेवारी लिने दिने गरिन्छ । पूर्वप्रधानमन्त्रीको सम्झनामा देशभर सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
यस अवधिमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
सिंहको शुक्रबार राति स्थानीय समयअनुसार ९ः५१ बजे एम्स अस्पतालमा निधन भएको थियो । घरमा बेहोश भएपछि उनलाई राति ८ः६ बजे अस्पताल ल्याइएको थियो ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सिंहलाई उनकै निवासमा पुगेर श्रद्धाञ्जली दिएका थिए । सिंहको पार्थिव शरीर शुक्रबार मध्यराति नै घर लगिएको थियो ।
केन्द्रीय मन्त्रिपरिषद्को बैठक बसेर सिंहलाई श्रद्धाञ्जली दिइएको थियो भने शोकप्रस्तावसमेत पारित गरिएको थियो । मोदी सरकारले शुक्रबार कुनै पनि औपचारिक कार्यक्रम गरेन ।
सादगी जीवन रुचाउने सिंह भारतका पहिलो शिख प्रधानमन्त्री हुन् । उनी लामो समय प्रधानमन्त्री हुने चौथो व्यक्ति हुन् । उनी सन् २००४ मा देशका चौधौँ प्रधानमन्त्री बनेका थिए । उनले सन् २०१४ को मेसम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए ।
उनले नेपालप्रति निकै नै सद्भाव राख्दथे । आफू प्रधानमन्त्री भएका बेलामा नेपालबाट गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालााई स्वागत गर्न विमानस्थलमै पुगेका थिए ।
गिरिजाप्रसादको ओज उनलाई राम्रैसँग थाहा थियो । उनी भारतका १४ औँ प्रधानमन्त्री थिए । त्यस्तै लामो समय प्रधानमन्त्री हुने उनी भारतका चौथो प्रधानमन्त्री हुन् ।
उनी वित्तमन्त्री (अर्थमन्त्री) हुँदा भारतले अर्थतन्त्रमा नयाँ उचाई छोएको थियो ।