arrow

दुष्टताले महानता मार्‍यो

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०८१ पुष १३ शनिबार
shivapd-pokharel-81-9-13.jpg

नेपालको अन्तर्राष्ट्रिय खुला सीमा १,७५१ किलोमितर अर्थात् (१०८८.०२ माईल) रहेको छ। नापी विभागका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा ८,८५३ वटा स्तम्भ छन् । मर्मत गर्नुपर्ने ३७ सय सीमास्तम्भ मध्ये २२ सय गायब भएको अवस्था छ। १,७५१ किलोमिटर (१,०८८.०२ माइल) लामो सीमामा हिमालयक्षेत्रका साथै उपमहाद्वीपको सिन्धु गङ्गा मैदान पनि समावेश रहेको छ । 

हाम्रो सीमा क्षेत्रका बारेमा प्रमाण भनेको नै उक्त क्षेत्रमा बसोबास गर्ने हाम्रा नेपाली दाजुभाइ हुन् । हाम्रा दाजुभाइ नै नेपालको सीमा स्तम्भ बनेर खडा भएका छन् । आजसम्म पनि उनीहरुलाई हाम्रो दाजुभाइको रुपमा हेर्न भन्दा कुनै एक खेल विधामा विजय हासिल गर्दा हारेको टीमका समर्थकले सहजै स्वीकार गर्नुको सट्टा भावनामा चोट दिने काम गर्छन् ।
 
हाम्रो देशको सरकार तथा कर्मचारीलाई आजसम्म पनि देशको सीमा कहाँ सम्म हो भन्ने हेक्का छैन । ती सीमा क्षेत्रमामा बस्ने हाम्रा दाजुभाइ र केही किलोमिटरका दूरीमा गाडिएका साना खम्बाहरुले हामीलाई सुरक्षा दिइरहेका छन् ।

आफ्नो चाहना अनुसार नभै भगवानको इच्छा अनुसार नेपालमा नै जन्मिएका हाम्रा दाजुभाइ आज नेपालका सीमामा पर्खाल भएर बसेका छन् । तिनीहरु कहिले नागरिकताका लागि प्रताडित छन् र म जस्तालाई सहन गाह्रो बनाइ दिन्छन् । सीमा क्षेत्रमा बसोवास गर्ने हाम्रा दाजुभाइले विश्वास थियो होला, आमा भनेको आफ्नो देश नेपाल हो र आफ्नो रक्षा आमाले नै गर्नेछिन् भनेर र तर दुष्टताले महानता मारिसकेको देशमा तपाईंहरुको सोचाइ नै गलत हो भन्ने भाष्य जवाफको रुपमा पाउनु भयो ।
 
नेपाल आमा आज केही गर्न नसक्ने अवस्थामा फसेकी छन् । नेपाल विश्वमा भ्रष्टाचार गर्ने देशमध्ये सयमा पास हुनका लागि आवश्यक पर्ने ५० अंक प्राप्त गर्न नसक्ने अत्यन्तै भ्रष्टाचारको चंगुलमा डुबेको सुध्रनै नसक्ने नतिजा आउँदा पनि लाजै नमान्ने देशको रुपमा सबैलाई परिचय दिइरहेका छौँ । 

हामी भ्रष्ट देशमा बस्ने जनताको रुपमा सबैलाई थाहा छ तर हामी स्वयंलाई त्यो कुरा थाहा नभए जसरी लाज नमानी हल्ला गर्दै हिँड्छौँ । देशप्रति विश्वास गरेर दैनिकी चलाउनु पर्ने बुबा आमा दुवै नभएका साना बच्चाको बसोबासको रोदन सरकारले सुन्दैन । 

आज गरिब जनता झनै गरिब हुँदै गए । हिजो समान गरिबी भएका भ्रष्टाचारीहरु आफ्नो सम्पत्तिलाई आज पनि दुई छाक जोड्न गाह्रो हुने ससुरालीबाट पाएको दाइजो हो भनेर गर्व गर्दैछन् । 

दुष्टताले महानता मारेको कारण यो देशमा आवाजविहीनका लागि बसोबास गर्न कठिन हुँदै गएको छ । नेपालमा भ्रष्टाचार गर्न अग्रपङ्तिमा देखिएकाहरु: पञ्चायती व्यवस्था परिवर्तन भए पश्चातका सबै निकायका सरकारी कर्मचारी र राजनीतिलाई व्यवसायका रुपमा खडा भएका संस्थाले यो देशलाई भ्रष्टाचार गर्नका लागि स्वर्णभूमिको रुपमा खडा गरेर राष्ट्रियता कमजोर बनाइदिए । 

दुष्ट मानसिकताले महान् देश नेपाललाई उठ्नै नसक्ने गरी सुताइदिए । भ्रष्टाचार गर्न उक्साउनेमा एकाघरका श्रीमतीहरुले सबैभन्दा ठूलो भूमिका खेलेको बारेमा विभिन्न संचार माध्यमबाट सुन्न सकिन्छ । 

पितृ सतात्मक देशमा महिलामाथि थिचो-मिचो हुन्छ भन्ने विषयमा दशकौँ वर्ष अगाडि यदाकदा केही सुनिने गरिन्थ्यो । तर आजका दिनमा एकाधमा बाहेक जति भ्रष्टाचारका घटनाले समाजमा स्थान पाएको छ त्यो भन्दा अन्य विषयले स्थान पाउन छोडेको छ ।

भ्रष्टाचार भने दिन, हप्ता, महिना, वर्ष बढ्दै गएको छ । यस्तो भ्रष्टाचारी देशमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि भ्रष्टाचार गरेको प्रमाणित भएका श्रीमान्  र साथसाथै श्रीमतीलाई झनै ठूलो सजायं दिएर जेलमा थन्क्याइ दिने व्यवस्था भएमा नेपालको भ्रष्टाचारमा कमी आउने छ । 

नत्र यस्को गति झनै बढेर जाने निश्चित छ । नेपालको सरकारी कर्मचारीलाई सोधेर कति पारिश्रमिक दिएमा भ्रष्टाचार गर्दैनौ भनेर सर्वेक्षण गरेर सोही अनुपातमा पारिश्रमिक उपलब्ध गराएर उनका श्रीमान-श्रीमती साक्षी राखेर जागिर खुवाउने व्यवस्था गर्नु पर्ने देखिन्छ । 

आवश्यकताको आधारमा परिवारको अन्य सदस्य छोरा-छोरीलाई पनि साक्षी राख्नु पर्ने देखिन्छ । पहिल्यै भ्रष्टाचार गरेर अकुत कुम्लाएर भ्रष्टाचार गर्न मात्र सिकाएका अवकाशप्राप्तहरुलाई लाजशर्म छैन । 

आज खुलेआम बाटोमा थुक्दै हिँडिरहेका छन् । घुष खान नपाउने भए अब नयाँले पनि नेपालमा काम गर्न हिच्किचाउने छन् । नेपालमा आजसम्म सिन्को भाँच्ने काम भएको छैन । घुस खान र सोझा जनता थर्काउनका लागि कर्मचारीले भूमिका खेल्नु बाहेक केही पनि खुल्क्याएका छैनन् । 

त्यसैले केही हजारको संख्यामा तुलनात्मक रुपमा कम भ्रष्टाचार गर्ने कर्मचारीले मात्र काम चलाउँदा हुन्छ । के खुल्क्याउनका लागि लाखौँको संख्यामा सरकारी कर्मचारी, सोही अनुसार प्रहरी, सुरक्षाकर्मी राख्ने ? देशका लागि शासन व्यवस्था व्यवस्थित गर्ने काम राजनीतिबाट हुनु पर्ने थियो । तर फोहरको थुप्रोको रुपमा गन्हाएको हाम्रो देशको राजनीतिले पूरै जरा गाडेकोलाई फाल्नका लागि नयाँ पुस्ता जसले आफू आजसम्म भ्रष्टाचार गरेका छैनन् र एकाघरका परिवारलाई साक्षी राखेर भविष्यमा पनि भ्रष्टाचार गर्ने छैन भनेर वाचा गर्नेछन् । 

गैह्रकानूनी तवरले सम्पत्ति कुम्ल्याएका छैनन् अनि एकाघरका श्रीमान्-श्रीमती दुवै सही विचारका छन् भने तिनीहरुका पुस्ताले नेपालमा राजनीति गर्ने व्यवस्था आउनु जरुरी देखियो । श्रीमान् राजनीतिमा भए श्रीमतीले भ्रष्टाचारका लागि प्ररित गर्ने अवस्थाको अन्त्य हुनुपर्छ । भ्रष्टाचार गरेको ठहर भएमा श्रीमतीलाई काठमाडौँको भद्रगोल जेल अनि श्रीमानलाई नुवाकोटमा नयाँ निर्मित जेलमा आजीवन खाने बस्ने व्यवस्था हुनु जरुरी छ । 

दुष्टताले भरिएका राष्ट्र निर्माणमा बाधक बन्ने कर्मचारी, गन्हाएको राजनीतिले सुन्दर देश नेपाल आमाको छातीमा परेड खेल्ने कामको अन्त्यका लागि ईश्वरीय बलको आवश्यकता देखिन्छ । दुष्टताले महानता मारेको देश ।
 
नेपाली जनताहरु नडराउनुस् । महानता, सत्य अब उपरान्त जनताको पक्षका खातिर हुनेछ । हामी अब दुष्टताले महानता मार्न खोजेको अवस्थालाई सबै मिली परिवर्तन गर्नुपर्छ । हाम्रो देशको सीमाना र सीमा क्षेत्रमा बसोबास गर्ने हाम्रा दाजुभाइको संरक्षण गर्नका लागि राज्यले ध्यान दिनुपर्छ। नेपालमा नै बस्ने सबै जनतालाई मातिृभूमिप्रति गहिरो प्रेम छ । हाम्रो मातृभूमि नेपाल अमर रहोस् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ