arrow

मोर्चाको अडान : 'संशोधन पछि निर्वाचन'

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
morcha-leaders.jpeg
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने जनाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को केन्द्रीय कार्यालय बिजुलीबजारमा बिहिबार बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने निष्कर्ष निकालेको छ । 
 
बैठकका बारेमा जानकारी दिँदै तमलोपा उपाध्यक्ष विशेषचन्द्र लालले संविधान संशोधन गरी निर्वाचन गर्दा थोरै भए पनि मोर्चाका माग सम्बोधन हुने र आफूहरु निर्वाचनमा जानसक्ने बताए । 
 
बैठकमा मुलुकको समसामयिक राजनीति र राजनीतिक गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको जानकारी दिँदै उनले भने, “मोर्चाले संविधान कार्यान्वयन होस् भन्ने चाहेको छ । त्यसका लागि हामीले लचकता अपनाएका छौँ ।” 
 
मोर्चाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले संविधानको मूल मर्म विपरीत काम गरेको निष्कर्ष निकाल्दै विशेष, संरक्षित र स्वायत्त क्षेत्रका बारेमा कुनै कार्य नगरेको आरोप लगाएको छ । 
 
बैठक शुक्रबार बस्ने र शुक्रबार नै पत्रकार सम्मलेन गरी बैठकका निर्णय सार्वजनिक गरिने उनले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ