गुल्मी । लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण गरिएको छ ।
एक सय २६ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको उक्त कुल १४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
पक्की पुल निर्माण भएपछि दुई प्रदेश आवतवजावत गर्नका लागि त्यस क्षेत्रका नागरिकहरूलाई निकै सहज बनेको छ । रासस