arrow

नेता जति पोखरामा, कार्यकर्ता स्वागतमा

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
congres-Tin-neta.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु एक दिन पोखरा पुग्ने खबरले कार्यकर्तालाई स्वागत चटारो परेको छ । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पोखरा जाँदै छन् । शीर्ष नेताहरु आउने खबरले कार्यकर्तालाई स्वागतको चटारो परेको छ । कार्यकर्ता एक दिन अघिनै स्वागत तयारीका लागि जुटेका जिल्ला सहकर्मीले जनाएका छन् ।

तीनै नेता भिन्दा भिन्दै जिल्लाको कार्यक्रममा जान लागेका भए पनि ट्रान्जिट पोखरा नै भएको बताइएको छ । सभाभति देउवालाई मोटर साइकल र्यालीले स्वागत गर्ने तयारी रहेको बताइँदै छ भने, पौडेल र सिटौलालाई विमानस्थलमै गएर स्वागत गर्ने तयारी छ ।

सभापति देउवा पोखराबाट बाग्लुङको कार्यक्रममा जाने बताइएको छ । यस्तै, पौडेल मेलमिलाप दिवसको अवसरमा हुन लागेको कार्यक्रमका लागि लम्जुङ जाँदै छन् । पूर्व महामन्त्रीसमेत रहेका कृष्ण सिटौला भने पोखरामै हुने कार्यक्रममा सहभागि हुन लागेका बताइएको छ ।

यस्तै, पोखराको तमू ल्होसार समारोहमा सहभागि हुन पोखरा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने रोकिएका छन् । राजनीतिक परामर्श र छलफल गर्नु पर्ने भएकाले प्रधानमन्त्री दाहाल काठमाडौंमै हुने ल्होसार समारोहमा सहभागि हुने स्वकीय उप–सचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ