arrow

दुई चोर पक्राउ, म्याद थपेर अनुसन्धान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
thives-81-9-22.jpg

रौतहट । रौतहटको उत्तरी भेग चन्द्रनिगाहपुरबाट दुई जना चोरलाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न दुवैजना चोरहरूलाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी राजकुमार राईले बताएका छन् । 

राईका अनुसार आरोपीहरु चन्द्रपुर ४ बस्ने वर्ष २२ को मिलन विश्वकर्मा र वर्ष २५ को संजय सिंह माथि चोरी सम्बन्धी मुद्दा दायर गरL अदालतबाट म्याद थमाइएको छ।

 आरोपीहरुले अनुसन्धानको क्रममा विभिन्न मितिमा रात वा दिनको समयमा घरभित्र प्रवेश गरी चोरी गर्ने गरेको समेत बताएकाले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्ननिगाहपुरको सूचनामा उल्लेख गरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ