स्वास्थ्य मन्त्री पौडेलले गरे गेटा मेडिकल कलेजको अनुगमन
सुनिल आउजी,
प्रकाशित २०८१ पुष २३ मंगलबार
890
Shares
धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा मेडिकल कलेजको अनुगमन गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका स्वास्थमन्त्री पौडेलले आज मेडिकल कलेजको अनुगमन गर्ने क्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका लागि मेडिकल कलेज आवश्यक रहेकोले मन्त्रालयले अतिआवश्यक पर्ने उपकरणका विषयमा गृहकार्य गरिरहेको बताए ।
गेटा मेडिकल कलेज विषयमा संसदीय समितिमा पनि छलफल भइरहेको र विधेयक अन्तिम चरणमा रहेको उनले बताए ।
गेटा मेडिकल कलेज छिट्टै संचालनमा ल्याउने मन्त्री पौडेलले बताए ।