arrow

दुई दिनको स्थिर अवस्था तोड्दै महँगियो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । 

यसअघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । 

प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ