arrow

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको निर्णय

नेपाल एयरलाइन्समा देखिएका समस्या सुधारका लागि खनालको संयोजकत्वमा उपसमिति गठन [भिडियो]

निगम अध्ययन समितिले एक महिना भित्रमा प्रतिवेदन पेश गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
rajkishor-samiti-paryatan.jpg

काठमाडौँ । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो । 

उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल छन् । समितिका निर्णयहरु बारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिना भित्रमा प्रतिवेदन पेश गर्नेछ । क्यानको बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले बताए । 

समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ । विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक सङ्ग्रहालयहरूको निर्माण कार्यलाई तीव्रता दिई पर्यटन प्रवर्द्धनमा जोड दिन निर्देशन दिएको छ । 

मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवं निकायहरूको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन, पुरातात्त्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममूलक बनाइ कार्य सम्पादनमा जोड दिन र भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूको नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबिच सम्झौता, समन्वय र पहलकदमी लिन पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइ सोको प्रगति समय समयमा समितिमा पेश गर्न र राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । 

समिति सभापति यादवले भने, ‘संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउने । 
विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक सङ्ग्रहालयहरूको निर्माण कार्यलाई तीव्रता दिई पर्यटन प्रवर्द्धनमा जोड दिने । 
मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवं निकायहरूको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउने । 
पुरातात्त्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममूलक बनाइ कार्य सम्पादनमा जोड दिने । 
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूको नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबिच सम्झौता, समन्वय र पहलकदमी लिने । 
नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइ सोको प्रगति समय समयमा समितिमा पेश गर्ने ।
राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने । 
पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउने । 
देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरूको उपयोग, योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउने । 
नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न मान्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन समिति निर्माण गर्ने । मान्य छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल । एक महिनाको समय दिएको छ । क्यानको बारेमा पनि उपसमिति बनाएर जानेछौँ ।’

समितिले देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरूको उपयोग, योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ