arrow

सुनको भाउ तोलामा १३ सय बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ । आज शुक्रबार पनि सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज असली चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ