arrow

रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावासको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ५ शनिबार
rojgar.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायतका देशमा नआउन आग्रह गरेको छ ।

दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको छ । 

दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानून विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ