बिना अक्सिजन हिमाल आरोहण गर्ने कतारी राजकुमारीलाई सम्मान
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
958
Shares
काठमाडौँ । बिना अक्सिजन विभिन्न हिमालहरू आरोहण गरेकी कतारको राजपरिवारकी सदस्य शेखा अस्मा अल थानीलाई सम्मान गरिएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्ड्सले कतारी राजकुमारी थानीलाई कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
थानी अक्सिजन बिना माउन्ट एभरेस्ट, माउन्ट केटु,मनासलु र ल्होत्से जस्ता हिमाल आरोहण गर्ने पहिलो कतारी महिला हुन्। उनी उत्तरी ध्रुवमा स्की गर्ने र एक्सप्लोरर्स ग्रान्ड स्ल्याम पूरा गर्ने पहिलो कतारी पनि हुन्।
उनले कतार ओलम्पिक समिति मार्फत खेलकुद, संस्कृति र सामुदायिक संलग्नता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।