arrow

तोलाको सय रुपैयाँले घट्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो । 

यता आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ