arrow

एकैदिन तोलाको ११ सयले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ