arrow

मकवानपुर-काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
kulekhani-sadak.jpg

मकवानपुर । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ ।

थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रनाउ अर्यालका अनुसार, ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर-काठमाडौँ जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ