arrow

डा. सुनिल शर्माले उदयपुरका क्यान्सर पीडितलाई नोबेलमा निःशुल्क उपचार गरिदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
sunil-sharma-81-8-25.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिलकुमार शर्माले उदयपुर जिल्लाका क्यान्सर पीडित जनताको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था गरेका छन् । 

नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका संयोजक नवराज अधिकारीले डा. शर्मासँग भेट गरी उदयपुर जिल्लाका सबै क्यान्सर पीडितहरूलाई निःशुल्क उपचार गराउन आग्रह गरेका थिए । 

उनको आग्रह अनुसार, डा. शर्माले माघ १४ गतेदेखि फागुन महिनासम्म क्यान्सर पीडितहरूको लागि निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस अन्तर्गत क्यान्सरको प्रकृति हेरी जति पटक सेक्न परेको खण्डमा रेडिएसनले सेक्ने र सो क्रममा दैनिक गर्नु पर्ने सिटि स्क्यान निःशुल्क गरिने छ । 

यो सुविधा लिनको लागि उदयपुर जिल्लाका बासिन्दाले क्यान्सर रोग पहिचानपछि विपन्न नागरिक औषधी कोष अनुसारको सिफारिस लिएर आउनु पर्ने हुन्छ । डा. शर्माले उदयपुर जिल्लाका क्यान्सर पीडितहरुको उपचारमा यो पार्टीको त्यो पार्टीको, जातपात, समुदायको भनेर भनेर नछुट्याइने र सामाजिक उत्तरदायित्व सम्झेर सामान्य आर्थिक अवस्था भएका जसलाई क्यान्सर भएको छ, जसको घरमा आमालाई, बुबालाई वा परिवार सदस्यलाई क्यान्सर भएर पीडित भए उनीहरुको यो सुविधा उपलब्ध गर्ने घोषणा गरेको बताए । 

आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा. शर्माले उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै हालसालै नोबेलमा रेडिएसन थेरापी सेवा शुरु गराएका हुन् । डा. शर्माले ३  अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको शुरुआत गरेका छन् ।  

सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् । 

शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । 

डा शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनतालै जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिन राखिदिएका छन् । साथै डा शर्माको काठमाडौँको सिनामगलमास्थित काठमाडौँ मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनतालाई निःशुल्क उपचार गर्दै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ