प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो दिनमै रास्वपाको अवरोध, बढेन बैठक अगाडि [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
2.5k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजेदेखि शुरु भएको छ । बैठकको शुरुमै विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध गरेको छ ।
रास्वपाका सांसदहरु उभिएर संसद बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भनी पटक पटक अनुरोध गरे पनि रास्वपाले पहिले बोल्न पाउनु पर्ने भन्दै अवरोध गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्रीसँगै दलहरुका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ । यो पाँचौँ अधिवेशन हो ।
सभामुखले आफ्नो पालोमा बोल्न आग्रह गरे पनि रास्वपा सांसदहरुले बैठक अगाडि बढाउन दिएका छैनन् । उनले पटक पटक सभा सञ्चालन गर्न दिन आग्रह गरिरहेका छन् ।
उनले अनुरोध गर्दा पनि नपुगेपछि बस्न आदेश नै गरेका छन् ।