सुनले नयाँ रेकर्ड राख्दै, लगातार चौथो दिन भाउ स्थिर
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
556
Shares
काठमाडौँ । स्थानीय बजारमा सुनको भाउ सोमबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार झैँ सोमबार पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भइ स्थिर रहेको छ ।
शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमबार पनि सोही गति लिएको हो । थोरै भए पनि घटबढ हुँदै आएको सुनको भाउ स्थिर रहने पनि रेकर्ड बन्न सक्ने देखिएको छ ।
सोमबार चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।