arrow

तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ । 

यसअघि मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो ।

यता आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । 

यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ