arrow

भिरबाट लडेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
gorkha_district_map.png

पोखरा । भिरबाट लडेर गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ४ काशीखोलाका ७५ वर्षीय चूडामणि काप्रीको ज्यान गएको छ ।

आइतबार ज्येष्ठ नागरिक भत्ता बुझ्न निस्किएका काप्रीको शव आज बिहान भीमसेन थापा गाउँपालिका-२ स्थित सेतो पहरो भन्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ ।

काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीले जानकारी दिए ।

गिरीका अनुसार काप्री ध्याम्पेसालस्थित बैंकमा भत्ता बुझेर फर्कने क्रममा सो घटना भएको हो । काप्री घर नर्फिएपछि प्रहरीको टोली र आफन्तद्धारा सोही दिनदेखि खोजी भइरहेकोमा आज शव भेटिएको हो ।

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरी निरीक्षक गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ