arrow

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
gold-silver-new-hk-2081.jpg

पोखरा । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा आज शुक्रबार सुनको भाउ प्रतितोलामा चार सय रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै आज सुनको भाउ प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो ।

यता, आज असली चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ बिहीबार एक हजार आठ सय ८० रुपैयाँ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ