arrow

जिन्दगीभर खुशी बन्न चाहनुहुन्छ ? झर्को नमानी पढिदिनुस् पाँच तरिका...

त्यो व्यक्ति २६ वर्षदेखि दुःखी भएकै छैन

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
happy-person.jpeg
काठमाडौं । मानिस सानो खुशीका लागि जिन्दगीलाई बन्दगी राख्न तयार हुन्छ । अलिकति खुशीका लागि पैसाको खोलो बगाउँछ । तर त्यही खुशीको खोजीमा जिन्दगी बितेको पत्तो पाउँदैन । तर खुशी नै बन्ने हो भने आफूलाई अनुशासित राखे काफी छ । 
 
एक त्यस्तो व्यक्ति जो विश्वकै सबैभन्दा खुशी हुने व्यक्ति नेपालमै बसेका व्यक्ति हुन् भन्दा सबैलाई पत्यार नलाग्ला । फ्रान्सका वैज्ञानिक म्याथ्यु रिकार्ड सन् १९९१ मा आफ्ना गुरु परलोक हुँदा दुःखी भएका थिए । त्यसपछि अहिलेसम्म कहिल्यै दुःखी भएनन् । खुशी नै खुशी छन् । 
 
७० वर्षका म्याथ्युले भनेका छन्, ‘म सन् १९९१ मा मेरा गुरु दिल्गो यिस्तेन रिन्पोचेको निधन हुँदा दुःखी भएँ त्यसपछि भएको छैन ।’ उनी सन् १९७२ मा दार्जिलिङ आएका थिए । त्यहाँ उनका शिक्षकले उनलाई खुशी रहन सिकाए । त्यसपछि उनी कहिल्यै दुःखी भएनन् । 
 
म्याथ्युका बारेमा अमेरिकी विश्वविद्यालयले १२ वर्ष लगाएर गरेको अध्ययन अनुसन्धानबाट उनी विश्वकै सबैभन्दा खुशी व्यक्ति कहलिएका छन् । अध्ययनका क्रममा विश्वविद्यालयका अनुसन्धाताले म्याथ्युको दिमागमा २५६ वटा सेन्सर लगाएका थिए ।
 
त्यसबाट पत्ता लाग्यो उनको दिमागमा खुशी राख्ने त्यस्तो गामा तरंग रहेछ जुन दुःखका बेलामा पनि खुशीको स्तर बढाउन सक्रिय हुने । 
 
म्याथ्युले खुशी रहने पाँच तरिका पनि सिकाएका छन् । ती तरिका सारै साधारण छन् । 
 
१,  बिहान दैनिक उठ्न बित्तिकै एकदेखि दुई मिनेटसम्म ठूला आँखा खोलेर सीधा हेर्नुस् । (खासगरी पहेंलो रंगको आकृतिलाई देख्दा राम्रो, त्यसपछि आँखा ३० सेकेन्ड बन्द गरेर खोलेपछि आफ्नो दैनिकीमा लाग्न सकिने ) पहेंलो रंगले खुशी र भविश्यको आशालाई प्रतिविम्बित गर्छ ।
 
२, प्रत्येक घण्टा १० सेकेन्ड मायापूर्ण अभ्यास गर्ने (बिहान उठेदेखि सुत्नुअघिसम्म) । आफू बसिरहेको ठाउँबाट उठेर पहिले हात माथि गर्ने अनि आफ्नो कुनै सामाजिक प्राप्तिका बारेमा सोच्ने । अनि नोट गर्ने । 
 
३, आफूले जसलाई सबैभन्दा बढी मन पराइन्छ (जस्तै छोराछोरी, आमा, बुबा, श्रीमती, श्रीमान् वा जोसुकै आफ्नो ) उनको खुशी झल्किएको वा हाँसेको तस्वीर एक मिनेटसम्म हेर्ने । दिनमा २–३ पटक हेरे पुग्ने । जतिबेला आफूलाई तनाव महसुस हुन्छ तब यो प्रक्रिया अपनाउने । यसो गर्दा दिमागमा कुनै सोच नराख्ने । तस्वीर नसके केरा हेरे पनि हुन्छ । अर्थात् झ्यालबाहिर जे छ । घाँस नै सही ।
 
४, चकलेट खाने । यदि आफूलाई तनाव महसुस भएको छ भने चकलेट खाऔं । सकेसम्म कालो चकलेट खाने हो भने त्यसले छिटै काम गर्छ । चकलेटमा हुने पोलिफेनोल्स केमिकलले दिमागमा रहेको खुशीको भागलाई सक्रिय पार्छ । 
 
र, , मुख खोलेर हाँस्ने । जब तनाव वा दबाब महसुस हुन्छ तब गरिहाल्ने । या हरेक घण्टा गर्न सकिन्छ । मुख खोल्दा दिमागको अगाडिको खुशीको नसामा दबाब बढ्छ । (एजेन्सी)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ