प्रेममा पनि आर्थिक मन्दी. पाएन गुलाबले माया [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
509
Shares
काठमाडौँ । माया र प्रेम गर्नेहरूको पर्व नै भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस) लाई । फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाब रङ्गीचङ्गीका फूल प्रेमी प्रेमिकाहरूले एकअर्कालाई दिने गर्दछन् ।
एक सातादेखि नै भ्यालेन्टाइन डे मनाइन्छ । हरेक दिन केही न केही दिन परिरहन्छ । तर काठमाडौँको कमलादीमा फूल पसलमा पोहोर परारको जस्तो भीडभाड छैन ।
आर्थिक मन्दीले गरेर होला प्रेममा पनि आर्थिक मन्दी लागेको जस्तो देखिएको छ। प्रायः पसलहरू सुनसान देखिएका छन् ।
गुलाफको फूल १०० देखि १५० सम्म र गुलाफको बुके ५०० देखि २००० सम्ममा बिक्री भइरहेको छ। त्यस्तै मिक्स ५०० देखि १५००मा बिक्री भइरहेको छ।
नेपालमै उत्पादन हुने भए पनि फूलहरू भारतबाट आयात गर्नुपरेको व्यापारीहरू बताउँछन् ।