पशुपति बालुवाखानी भ्रष्टाचारमा कांग्रेस र एमालेका नेतासहित नौ दोषी
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
631
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा नेपाली कांग्रेसका नेता सुशील नहाटा र एमाले नेता निर्मल कुइँकेलसहित नौ जना दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्च अदालतले उक्त फैसला गरेको हो ।
सर्वोच्चमा मुद्दा परेको आठ वर्षपछि बुधबार न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले सो फैसला गरेको हो ।
विशेषले दुई ठेकेदार बाहेक अन्य सबैलाई सफाइ दिएकोमा बुधबार ठेकेदारसहित कोषका तत्कालीन सदस्यसचिव, कर्मचारीसहित नौ जना दोषी ठहर भएका हुन् ।
कोषका तत्कालीन सदस्यसचिव कुइँकेललाई ६ वर्ष कैद र ८३ लाख ४१ हजार रुपैयाँ जरिबाना, पूर्व सदस्यसचिव नाहाटालाई ६ वर्ष कैद र ९१ लाख ६३ हजार रुपैयाँ जरिबाना, काठमाडौँ जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद र एक करोड २२ लाख रुपैयाँ जरिबाना तोकिएको छ ।
त्यस्तै पूर्व स्थानीय विकास अधिकारी प्रेमराज जोशी, योजना अधिकृत भीष्मकुमार मल्ल र राजुकुमार रेग्मीलाई समान ६ महिना कैद र २ करोड ३७ लाख रुपैयाँ जरिबाना तोकिएको छ ।
फैसलामा बालुवाखानीको ठेक्का लिएका बच्चुराम दाहालबाट १२ करोड ९९ लाख र मिठाराम दाहालबाट २ लाख ३७ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पशुपतिनाथको मन्दिरको सम्पत्ति हिनामिना गरे शिवश्व लाग्छ भन्ने धार्मिक मान्यता छ