arrow

कोशी अस्पतालमा ’पोष्ट अपरेटिभ वार्ड’ सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
koshi-hospital.jpg

मोरङ । कोशी अस्पताल विराटनगरमा मंगलबारदेखि पाँच शय्याको पोष्ट अपरेटिभ वार्ड सञ्चालनमा आएको छ ।

अस्पतालमा उपलब्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो । 

शल्यक्रियापछि बिरामीलाई राख्न उक्त वार्ड सञ्चालनमा ल्याइएको हो ।

यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष (आइसियु) तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा रुना झाले वार्डको उद्घाटन गर्दै अस्पतालमा रहेको स्रोतको अधिकतम् प्रयोग गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु मुख्य उद्देश्य रहेको बताए ।

उनले अस्पतालमा हाल नसिङ जनशक्ति पर्याप्त रहेको र दैनिक आठ बिरामीको शल्यक्रिया गरिँदै आएको जानकारी दिए ।

अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकले सेवा लिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ