arrow

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ लगातार ३ दिनदेखि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोल ११  रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ । 

यसअघि सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला १२०० र ७०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यता, बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ