arrow

च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई न्यूजिल्याण्डले हरायो, आज भारत र बंगलादेश भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
ct-2025-pak-nz.jpg

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट शुरु भएको छ । पाकिस्तानको कराँचीमा भएको उद्घाटन खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । 

न्यूजिल्याण्डले घरेलु टिम पाकिस्तानलाई ६० रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५ विकेटको क्षतिमा ३२० रन बनायो । 

टम लाथमले अविजित रहँदै ११८ तथा विल यङ्ले १०७ रन बनाए । जवाफमा पाकिस्तानले कुशदिल शाहको ६९ तथा बाबर आजमको ६४ रनको मद्धतले ४७.२ ओभरमा अलआउट हुँदै २६० रन बनाउन सक्यो । 

मिचेल सान्टनर र विल ओ राउर्केले ३–३ विकेट लिए । 

आज भारत र बंगलादेश खेल्दैछन् । आयोजक पाकिस्तान भए पनि भारतले सुरक्षाका कारणले पाकिस्तानमा खेल्न नमानेपछि तटस्थ स्थल यूएईको दुबईमा हुँदैछ । 

खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ