arrow

केआईआईटीमा पढ्ने १५९ विद्यार्थी रक्सौल हुँदै फर्किए नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
kiit-university-odisha.jpg

पर्सा । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् ।

केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् । 

बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । 

लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ । 

प्रकृति आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी–लेखेटी कुटपिट गरेका थिए।  

उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो। नेपाली विद्यार्थीलाई सोमबारसम्म कलेज छाड्न उर्दी जारी गरिएकोमा विश्वविद्यालयले फिर्ता लिइसकेको छ। 

छानबिनका लागि उच्चस्तरीय समिति बनिसकेको छ । नेपाली विद्यार्थी कुट्ने गार्डहरु पक्राउ परेका छन् भने प्रकृतिलाई मानसिक तनाव दिने आरोपी पक्राउ परिसकेका छन् । 

दुई देशबीच कूटनीतिक संवाद चलेसँगै नेपाली विद्यार्थीहरुलाई क्याम्पसमा फर्केर अध्ययन गर्न आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ