arrow

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
gold-silver-new-hk-2081.jpg

पोखरा । नेपाली बजारमा आज पनि सुनको भाउ तोलामा पाँच रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज सुनको भाउ तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ सोमबार तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँ रहेको थियो ।

आइतबारको तुलनामा सोमबार पनि तोलामा पाँच सय रुपैयाँ नै बढेको थियो ।

यता आज असली चाँदीको भाउ सोमबारको तुलनामा तोलामा १५ रुपैयाँ घटेको छ ।

सोमबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ