arrow

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्य समिति बैठक लहानमा बस्दै

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
FNCCI-Logo-2073.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्य समितिको बैठक सिराहाको लहानमा बस्दै छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले महासंघले प्रस्ताव गरेको नयाँ विधान पारित गरेपछि पहिलो पल्ट महासंघको बैठक बस्न लागेको हो । 
महासंघका अध्यक्ष पशुपति मुरारकाले यो बैठक महासंघको नियमित केन्द्रीय समितिको बैठक भएको जानकारी दिए । 
 
यस भन्दा अगाडि पनि मुरारकाको गृह जिल्लामा विशेष साधारण सभा भन्दा पहिलेको केन्द्रीय समिति बैठक बोलाउने तयारी भएको भएपनि पछि चन्द्रगिरिमा बैठक बोलाईएको थियो । अहिलेको यो बैठकले अबको चुनावी रणनीतिको विषयमा महत्वपूर्ण निर्णय गर्नसक्ने आकलन गरिएको छ । 
 
यो बैठकले नै महासंघलाई प्रादेशिक महासंघ स्थापनाको लागि कसरी अघि बढ्ने भन्ने रणनीति तयार पार्न लागेको बैठकमा सहभागी हुन लहान पुगेका एक सदस्यले जानकारी दिए । बैठक बिहीबार २ बजेदेखि सुरु हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ