arrow

एयर अरेवियाबाट आयो किलोका किलो सुन, विमानस्थलमा लिन गएका ३ सुनसहित पक्राउ

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
gold-plate.jpg.jpeg

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ठूलो परिमाणमा सुन बरामद गरेको छ । एसएसपी मनोज न्यौपानेका अनुसार व्यूरोको टोलीले विमानस्थल भन्सारबाट बाहिर निक्लिनेवित्तिकै बाँकेका गोपालबहादुर शाही र सन्तोष काफ्ले तथा मोरङका दिनबन्धु थापालाई तयारी गहना सहित अनुमानित ३३ किलो सुनसहित पक्राउ गरेको हो । सुन जोख्न बाँकी नै छ ।

उनीहरुलाई व्यूरोको टोलीले गौशाला प्रहरी प्रभागमा ल्याएर सुनसहित सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुको साथबाट १० तोलाको २ सय ८२ वटा टुक्रा, १९ वटा औंठी र १८ वटा बरामद भएको व्यूरोकी प्रवक्ता मिरा चौधरीले बताइन् ।

दुवईबाट आएको लगेजमा प्लाष्टिकमा बेरेर गरेर राखिएको सुन बरामद भएको बताइएको छ । एयर अरेबियाको विमानमा आएको लगेज लिन शाही, काफ्ले र थापा लगेज लिन विमानस्थल पुगेका थिए । सुनका मालिक को हुन् भन्ने खोजी भइरहेको र पक्राउ परेकाहरु आफुहरुकै नियन्त्रणमा रहेको प्रवक्ता चौधरीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ