arrow

वन प्राविधिक परिषद् गठन गर्न सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
laxman-karna-ban.jpg

काठमाडौँ । नेपाल वन प्राविधिक सङ्घले वन प्राविधिक परिषद् गठन गर्नका लागि पैरवी गर्ने भएको छ । सङ्घको स्वर्ण महोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राकेश कर्णले परिषद् गठन गर्न पहल गर्ने भावी योजना रहेको बताए ।

अध्यक्ष कर्णले भने, “वनजन्य उत्पादनको दिगो व्यावसायिकीकरण गर्ने, वन संरक्षणमा नवीनतम् प्रविधि प्रयोग गर्दै ‘डिजिटल’ मापन प्रणालीको विकास गर्ने, जलवायु अनुकूल वन व्यवस्थापनका नीति तथा कार्यक्रम प्रवर्द्धन गर्ने तथा वन क्षेत्रका प्राविधिकको पेसागत सुरक्षाका लागि नीतिगत पैरवी गर्ने हाम्रो भावी योजना छ ।”

सङ्घ २०३१ सालमा स्थापना भई नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमको प्रव्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । 

सङ्घले वन क्षेत्रका प्राविधिकको क्षमता विकास, सशक्तिकरण गर्दै, वन, वातावरण तथा जैविक विविधता संरक्षणको क्षेत्रमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पैरवी र पक्षपोषण गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।

सङ्घले नेपालको वन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न विज्ञानमा आधारित वन व्यवस्थापन प्रणालीको अवधारणा, अभ्यास र नीति निर्माणमा सक्रिय भूमिका खेलेको छ । 

साथै सरकारी नीति निर्माण प्रक्रियामा महत्वपूर्ण परामर्श प्रदान गर्दै, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन र व्यावसायिक वन व्यवस्थापनलाई प्रवर्द्धन गरिरहेको अध्यक्ष कर्णले बताए ।

सङ्घले वन तथा वातावरण संरक्षणमा प्रभावकारी नीति निर्माणका लागि सरकार, नागरिक समाज र अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गर्दै आएको छ । 

सङ्घले वन क्षेत्रका प्राविधिकलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै सङ्घले निरन्तर क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ