काठमाडौँ। पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। शाह आइतबार बेलुकी काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ। पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ।
पारसलाई यसअघि विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।