arrow

भारतले अष्ट्रेलियालाई रोक्यो २६४ रनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
steven-smith-ap-25-3-4.jpg
तस्बिर – अष्ट्रेलियन कप्तान स्टेभेन स्मिथ ।

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा अहिले भारत र अष्ट्रेलिया खेलिरहेका छन् । तटस्थ स्थल दुबई इन्टरनेशनल स्टेडियममा जारी खेल विजयका लागि भारतले २६५ रनको चुनौती पछ्याउँदैछ । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो । 

कप्तान स्टेभेन स्मिथले ७३ तथा एलेक्स क्यारीले ६१ रन बनाए । त्यस्तै ओपनर ट्राभिस हेडले ३९ रन बनाए । 

१४ पटक टस हार्ने कीर्तिमान बनाएको भारतका लागि मोहम्मद शमीले ३ तथा रविन्द्र जडेजा र वरुण चक्रवर्तीले २–२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेया र अक्षर पटेलले १–१ विकेट लिए । 

भारतले अहिलेसम्म एक दिवसीयमा लगातार १४ टस हारिसकेको छ । यो कुनै पनि टिमको रेकर्ड हो । यसअघि नेदरल्याण्ड्सले लगातार ११ खेलमा टस हारेको थियो । 

यो खेलको विजेताले आगामी आइतबार न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल्नेछ । 

दोस्रो सेमिफाइनलमा बिहीबार न्यूजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ