च्याम्पियन्स ट्रफीमा आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै, विजेताले फाइनलमा भारतसँग खेल्ने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
667
Shares
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । खेलमा न्यूजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् । खेल पाकिस्तानको लाहोरमा दिउँसो २ः४५ बजेदेखि शुरु हुने छ ।
दक्षिण अफ्रिका समूह बी को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने न्यूजिल्याण्ड समूह ए को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहेको छ भने न्यूजिल्याण्डले समूह चरणमा भारतसँग हार बेहोरेको थियो ।
दुवै देशबीच हेड टु हेडको कुरा गर्दा आपसमा अहिलेसम्म ७३ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजिल्याण्डले २६ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।
यो खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्नेछ ।
यसअघि मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा भारले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
भारतले अष्ट्रेलियालाई ४ विकेटले हराउँदै सन् २०२३ को एक दिवसीय विश्वकपमा बेहोरेको हारको बदला लिएको छ ।