arrow

जापानले अमेरिकी दबाबमा रक्षा बजेट नबढाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
japan-flag.jpg

काठमाडौँ ।  जापानका प्रधानमन्त्री शिगेरु इसिबाले बुधबार रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै जापानले आफ्नो रक्षा बजेट आफैं तय गर्नुपर्नेमा जोड दिएका छन् ।

माथिलो सदनको बजेट बैठक समितिमा मन्तव्य राख्ने क्रममा उनले जापानले आफ्नो रक्षा बजेट आफै निर्धारण गर्ने र अरू देशको निर्देशनमा आफ्नो निर्णय नगर्ने बएका छन् ।

ट्रम्प प्रशासनले नीतिका लागि रक्षा सचिवमा नियुक्त गरेको एल्ब्रिज कोल्बीले जापानले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतमा पुर्‍याउनुपर्ने बयान दिएपछि यो टिप्पणी आएको हो ।

जापानका मुख्य क्याबिनेट सेक्रेटरी योशिमासा हयाशीले बुधबार एक पत्रकार सम्मेलनमा जापान सरकारले आर्थिक वर्ष सन् २०२७ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्‍याउने दिशामा काम गरिरहेको बताए ।

उनले रकमभन्दा पनि रक्षा क्षमताको वस्तुमा ध्यान दिनु पर्नेमा जोड दिए ।

जापानले आफ्नो सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा रक्षा खर्चलाई आर्थिक सन् २०२७ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्‍याउने लक्ष्य राखेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ