काठमाडौँ । अष्ट्रेलियाली क्रिकेट कप्तान स्टेफेन स्मिथले संन्यास लिएका छन् । च्याम्पियन्स ट्रफी क्रिकेटमा सेमिफाइनलमा भारतसँग ४ विकेटले पराजित भएसँगै स्मिथले संन्यासको घोषणा गरेका हुन् ।
क्रिकेट अष्ट्रेलियाले अर्को दिन स्मिथले संन्यास लिएको घोषणा गरेको हो । प्याट कमिन्सको अनुपस्थितिमा कप्तानी सम्हालेका स्मिथले एक दिवसीयबाट संन्यास लिएको घोषणा गरेका हुन् ।
उनी टी–२० बाट लामो समयदेखि बाहिर छन् । तर स्मिथले टेष्ट भने खेल्नेछन् । ३५ वर्षीय स्मिथले भारतसँग हार्नासाथ आफूले अन्तिम खेल खेलेको बताएका थिए ।
स्मिथले १७० एक दिवसीय खेलेका छन् । उनले ५ हजार ८ सय रन बनाएका छन् ।