arrow

फोरम अध्यक्ष यादवले गरे मोहीयानीमाथि दुर्व्यवहार

पीडित महतोद्धारा न्याय दिलाउन माँग

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
pidit-ko-news.jpeg
काठमाडौं । संघिय समाजवादी फोरम नेपाल सर्लाहीका अध्यक्ष अशोक यादवले मोहीयानिमाथि दुर्व्यवहार  गरेको खुलासा भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पिडित बबिता महतोले जग्गाधनी अशोक यादवले आफूमाथि दुव्र्यवबहार गरेर अन्याय गरेको आरोप लगाईन। 
 
बि.स. ०३८ सालदेखि मोहीमा खनजोत गर्दै आएको ५७ बिघा जमिनमा रोपेको धानवाली जग्गा धनिले काट्न खोज्दा जग्गाधनि र मोहीयानीबिच विवाद चुलिएको बताउँदै पीडित महतोले आफुमाथि प्रशासनले समेत साथ नदिएको दुःखेसो पोखिन् ।
 
उनले भनिन्,‘अदालतले २०७३ साल ९ महिना १ गतेसम्म मोहीयानीलाई धान काट्ने दिने र त्यसको सुरक्षा प्रहरी प्रशासनले गर्ने भनेर आदेश दिएको थियो तर राजनीतिक आडमा जग्गा धनि अशोक यादवले अदालतको निर्णयलाई लात हानेर अगावै धान काट्ने काम गर्यो, हामीलाई हातपात गर्ने काम गर्यो, प्रहरीलाई पनि हातपात गर्यो तर सर्लाहीका एसपी उत्तम सुवेदिले कुनै कार्वाही गर्नसक्नु भएन।’
 
महतोले आफ्नो श्रीमान बितीसकेपछि कठिन समस्याका बीचमा जीवनयापन गर्नु परिरहेको समेत आफ्नो गुनासो पोखिन्।  एउटा सानो दुधे(अपाङ्गता)बालक काखमा बोकेर आएकी पीडित महतोले जग्गाधनि अशोक यादवले राजनितिक आडमा आफुमाथि अन्याय गरेको बिषयमा यसको बारेमा सञ्चारकर्मीले कलम चलाई दिन आग्रह गरिन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ