arrow

मानवअधिकार उल्लङ्घनका ७०१ घटना: इन्सेक

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
INSEC.png
पोखरा । पश्चिमाञ्चलमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका ७०१ घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराले शुक्रबार  आयोजना गरेको अन्तरक्रिया  कार्यक्रममा सन् २०१६ मा यो क्षेत्रका १६ जिल्लामा सो घटना भएको इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले जानकारी दिए । 
 
सो अवधिमा राज्य पक्षबाट ८२ र गैरराज्य पक्षबाट छ सय १९ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटना घटेका छन् । त्यस्तै राज्य पक्षबाट ६७ पुरुष र १५ महिला तथा गैरराज्य पक्षवाट पाँच सय ३७ महिला र ८२ पुरुषमा मानवअधिकार उल्लङ्घनका घटना भएको संयोजक खकुरेलले बताए । 
 
सो अवसरमा पश्चिमाञ्चलका उपक्षेत्रीय प्रशासक गणेशबहादुर अधिकारीले गैरसरकारी र सरकारी निकायबीच समन्वयात्मक रूपमा अघि बढेमा मात्रै मानवअधिकार पूर्णपालनाको वातावरण बन्दै जाने विश्वास व्यक्त गरे। 
 
वरिष्ठ प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले मानवअधिकार प्रदान गर्ने क्रममा राज्य कुन ठाउँमा कमजोर भएर सेवा प्रदान गरिरहेको छ, त्यसको लेखाजोखा गर्नुपर्नेमा जोड दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ