arrow

प्रधानमन्त्री कप क्रिकेट

पुलिसले कोशीलाई दियो २८९ रनको चुनौती, आर्मीले सुदूरलाई रोक्यो ११७ रनमै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
pmcup-81-11-28.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् । सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबसँग तथा नेपाल पुलिस क्लबले कोशी प्रदेशसँग खेलिरहेको छ । 

सिद्धार्थनगरमा भइरहेको खेलमा सुदूरले टस जितेर पहिले ब्याटिङ गर्दै ११७ रनमै रोकियो । सुदूरले ४५.३ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो । 

निश्चल क्षेत्रीले अविजित रहँदै ४९ रन बनाए बाहेक अन्य कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । 

सुदूरलाई कम योगफलमै रोक्ने क्रममा शहाब आलमले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट लिए । 

त्यस्तै सोमपाल कामीले २ विकेट लिए । 

त्यस्तै भैरहवामा भइरहेको खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै कोशीलाई २८९ रनको चुनौती दिएको छ । 

पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८८ रन बनायो । कुशल भुर्तेलले ६५ तथा दिलिप नाथले ६१ रन बनाए । 

कोशीका भुपाल लुइटेलले ३ तथा प्रकाश कार्कीले २ विकेट लिए । 

जवाफमा जारी प्रतियोगिताको सबैभन्दा कमजोर कोशीले ब्याटिङ गरिरहेको छ ।  

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा सशस्त्र प्रहरी, मधेस, त्रिभुवन आर्मी, कर्णाली, नेपाल प्रहरी, लुम्बिनी प्रदेश, सुदूरपश्चिम र गण्डकीको समान २–२ अंक छ भने बागमती प्रदेश र कोशी प्रदेशले दुवै खेल हारेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ