पुलिसले कोशी र आर्मीले सुदूरपश्चिमलाई हरायो, कोशी सबैभन्दा कमजोर
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
338
Shares
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
सिद्धार्थनगरमा भएको खेलमा आर्मीले सुदूरलाई ८ विकेटले हरायो । सुदूरले टस जितेर पहिले ब्याटिङ गर्दै ११७ रनमै रोकियो । सुदूरले ४५.३ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।
निश्चल क्षेत्रीले अविजित रहँदै ४९ रन बनाए बाहेक अन्य कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।
सुदूरलाई कम योगफलमै रोक्ने क्रममा शहाब आलमले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै सोमपाल कामीले २ विकेट लिए ।
जवाफमा आर्मीले २३ ओभर ५ बलमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । सन्तोष कार्कीले अविजित रहँदै ५५ तथा तिर्थराज दासले ३१ रन बनाए ।
त्यस्तै भैरहवामा भएको खेलमा पुलिसले कोशीलाई १५४ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गर्दै पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८८ रन बनायो । कुशल भुर्तेलले ६५ तथा दिलिप नाथले ६१ रन बनाए ।
कोशीका भुपाल लुइटेलले ३ तथा प्रकाश कार्कीले २ विकेट लिए ।
जवाफमा सबैभन्दा कमजोर कोशीले ३६.२ ओभरमा अलआउट हुँदै १३४ रनमात्र बनाउन सक्यो । सुजन थपलियाले अविजित रहँदै ३३ रन बनाएको इनिङ्सलाई कम योगफलमा रोक्ने क्रममा करण केसीले ३ तथा ललित राजबंशी र कुशल भुर्तेलले २ विकेट लिए ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा आर्मी र पुलिस समान ४ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
सशस्त्र प्रहरी, मधेस, कर्णाली, लुम्बिनी प्रदेश, सुदूरपश्चिम र गण्डकीको समान २–२ अंक छ भने बागमती प्रदेश र कोशी प्रदेश अंकविहीन छन् ।